आज दर खाने दिन: दरमा के-खाने, के-नखाने ? कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?



काठमाडौं। हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिज सुरु भएको छ। हिन्दू नारीहरु आज आइतबार राती दर खाने र भोलि सोमबार तिजको व्रत बस्नेछन्।

विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ ।

कस्ता महिला ब्रत नबस्ने ?
गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन् । वृद्धावस्थाका र कमजोर शारिरीक अवस्था भएका महिलाले समेत सकेसम्म व्रत नबस्दा राम्रो हुन्छ । यदि बस्नैप¥यो भने पनि फलफूल र पानी प्रशस्त मात्रामा खानुपर्छ ।

दरमा के–खाने, के–नखाने ?

-वर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
-सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
-दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
-तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
-नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
-व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
-दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
-पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
-फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
-बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।

-दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ ।

-अखाद्य रङ तथा केमिसकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङलगायत समस्या ल्याउँछन् ।
-दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकताअनुसार फलफूल र पानी खानु राम्रो हुन्छ ।
-ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने । धेरै खानु हुँदैन थोरै खानाले भोलिल्ट तन्दुरुस्त रहन मद्दत गर्छ ।

दर के हो त ? कसरी पकाउने ?
तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ ।

आज गणेश चतुर्थी पर्व मनाइँदै

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत

दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व

पछिल्ला दिनहरुमा मौलिक संस्कृती मनाउने शैलीमा समेत परिवर्तन आउन थालेको छ। जसले गर्दा

प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन

विसं २०१० सालतिर अभदुत देवनाथ योगी(नागा बाबा)ले यही क्षेत्रमा बसी साधना गरेको जानकारी

 सामाजिक सञ्जालमा हामी