देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय



२९ भदौ, काठमाडौं। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले हेटौंडाका चिकित्सकमाथि आक्रमण गर्ने सबैलाई कारबाही नगरे भोलिदेखि देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

हेटौँडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

संघले माग पूरा नभएमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ । बिरामीको उपचारमा लापरवाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघको आरोप छ ।

अस्पतालमा कार्यरत डा. थापा र बिडारीमाथि बुधबार बिहान कुटपिट भएको हो । कुटपिटमा संलग्न मृतककी पत्नी रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै १ महिनाअघि डेंगी भई सञ्चो अस्पतालमा आएका हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको निधन भएपछि आफन्त आक्रोशित भएका थिए ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण

आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै चिकित्सक संघ

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा.

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो–समयमै उपचार र औषधि पाइएन

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी

कञ्चनपुरमा डेंगु रोगको सङ्क्रमण बढ्दो

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा

 सामाजिक सञ्जालमा हामी