श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा



२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बन्यो ।

मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो । भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारत ४९ दशमलब १ ओभरमा २१३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित शर्मा ५३,शुभमन गिल १९,विराट कोहली ३,इशान किसन ३३,केएल राहुल ३९,हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा ४, अक्षर पटेल २६ रनमा आउट भए ।

श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए ।  सुपर सिक्समा लगातार दोस्रो जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो  ।

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड

१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

 सामाजिक सञ्जालमा हामी