छिटो फाइदा कमाउने प्रवृत्ति घातक रहेको मन्त्री गुरुङ टिप्पणी



२६ भदौ,काठमाडौँ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन्।

नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने बताए ।

‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ । हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ । सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउने हो भने पो सामान शुद्ध हुने हो ।

 हामी आफैं शुद्धिकरण भएपछि मात्रै मिसावटरहित  सामान आउँन सक्छ।’उनले भने,‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होइन। हामीलाई छिटो फाइदा कमाउने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ।’

उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए। महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गरेको भन्दै उनले सो प्रयासमासरकार सधैंसँगै रहेको बताए।

उनले भने,‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुकभरको नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपालि सरकार सँगै उभिन चाहान्छ।’

उनले हामी आफै शुद्धीकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गर्नुपर्ने बताए । वर्तमान समाजमा छिटो फाइदा कमाउने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

त्यस्तै, आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४०

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ

ग्रीन हिल सिटीमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री,

 सामाजिक सञ्जालमा हामी