एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता



२६ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत  यमबहादुर महतद्वारा हस्ताक्षर भएकाे उक्त सम्झौता लागू भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

साथै बैंकका सम्पूर्ण ग्राहक तथा पारिवारका सदस्यहरूले उक्त अस्पतालबाट आइपिडि डायगनोस्टिक्स, फार्मेशी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा

साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने

यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको

सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र

 सामाजिक सञ्जालमा हामी