एसिया कप : श्रीलंकालाई २१४ रनको लक्ष्य



२६ भदौ, काठमाडौं । एसिया कप अन्तर्गत सुपर फोरको खेलमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ।

श्रीलंकास्थित आर प्रेमादाशा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ४९.१ ओभरमा अलआउट भएर २१३ रन बनायो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। केएल राहुल ३९, इसान किसान ३३, अक्षर पटेलले २६, शुभमन गिल १९ रन बनाए।

मोहम्मद सिराजले अविजित रहँदै ५ रन बनाउँदा बाँकी पाँच खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। श्रीलंकाका दुनिथ वेल्लालगेले पाँच विकेट लिँदा चरिथ असलङकाले चार र महीश थिक्सानाले एक विकेट हात पारे। यसअघि ४७औं ओभर सकिएपछि वर्षा भएपछि केहीबेर खेल अवरुद्ध भएका कारण जम्मा १० मिनेटको इनिङ्स ब्रेक हुने बताइएको छ।

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड

१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

 सामाजिक सञ्जालमा हामी