एसिया कपः श्रीलंकाले बंगलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य



२३ भदौ, काठमाडौँ। एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बंगलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।

सुपर फोरको पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले आठौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले

चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र

ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

'कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू... यो दिन हजुर र नेपालको

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।

 सामाजिक सञ्जालमा हामी