आइसिसी महिला टि-२० क्रिकेट, नेपालले टस जित्यो



२२ भदौ, काठमाडौँ । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ। आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ।

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् । जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि– २० छनोट खेल्न पाउनेछ । जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन। नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहन्छ।

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड

१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

 सामाजिक सञ्जालमा हामी