कुन बार कुन भगवानको पुजा गर्ने ?



काठमाडौँ । हुनत व्यक्तिले आफ्नो इच्छा अनुसार र श्रद्धाअनुसार कुनै पनि देवी देवता, धर्ममा आस्था राख्न सक्छन् । यसकालागी हरेक व्यक्ति स्वतन्त्र छन् । तर हिन्दूधर्ममा भने हरेक व्यक्तिले आफ्नो इष्ट देवको पूजा गर्नुपर्ने विशेष महत्वपूर्ण मानिन्छ ।

हिन्दु धर्ममा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

१. आइतबार
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

२. सोमबार
सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।

कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

३. मङ्गलबार
मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

४. बुधबार
‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

५. बिहीबार
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन बिहीबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

६. शुक्रबार
शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

७. शनिबार
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका

मंगलबार गणेश भगवानको पुजा कसरी गर्ने ? पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन,

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं. ९

 सामाजिक सञ्जालमा हामी