६ भदौ, अकाडमाडौँ। आज (बुधवार) देशभरका १७ जिल्ला आसपास भई बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
आज ईलाम, झापा, सिन्धुली, मकवानपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कन्चनपुर र आसपास भएर बहने अधिकांश स–साना नदीहरुको बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।
यस्तै मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, प्युठान, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, बाजुरा, बझाङ र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यी जिल्ला आसपास भई बहने नदी तथा खोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।