समाचार

प्रतिनिधिसभा बैठक बुधबार बस्ने

५ भाद्र २०८०, मंगलवार १२:२७
प्रतिनिधिसभा बैठक बुधबार बस्ने

५ भदौ, अकाडमाडौँ। प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ । आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्