समाचार

भारतमा फेरी तीव्र रुपमा फैलिदै कोरोना सङ्क्रमित

२६ मंसिर २०७८, आईतवार १६:४८
भारतमा फेरी तीव्र रुपमा फैलिदै कोरोना सङ्क्रमित

२६ मङ्सिर, एजेन्सी । भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ ।

यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्