समाचार

अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

२६ मंसिर २०७८, आईतवार १६:४२
अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

एजेन्सी । इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन् ।

शनिबार राति भग्नावशेषबाट राभानुसा शहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ ।

उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगाउन भग्नावशेषमा खोजी जारी राखेका छन् । ग्यास चुहावटका कारण विष्फोट भएको हुन सक्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्