समाचार

नेतृत्व परिवर्तन जरुरी छ- विमलेन्द्र निधि

२६ मंसिर २०७८, आईतवार १५:४५
नेतृत्व परिवर्तन जरुरी छ- विमलेन्द्र निधि

२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले नेतृत्व परिवर्तन जरुरी रहेको उल्लेख गरेका छन्।

नेतृत्व चयनका लागि सोमबार हुन लागिरहेको मतदानको पूर्वसन्ध्यामा निधीले सभापति पदमा आफ्नो मनोनयन रहेकाले पार्टीभित्र नेतृत्व परिवर्तन सबैको चाहना भएको पनि बताएका छन् ।

उनले आइतबार साँझ सामाजिक संजालमार्फत आगामी तीनवटै तहको चुनावमा रूख चिन्हलाई विजयी गराउन आफ्नो सम्पूर्ण क्षमताले समर्पित रहने बताएका हुन् ।

निधिले लेखेका छन्, ‘केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो।’ लामो समय सभापति शेरबहादुर देउवालाई साथ दिएका निधि यस पटकको महाधिवेशनबाट कांग्रेसमा आफ्नै नेतृत्व स्थापित गर्न चुनावी मैदानमा छन्। निधिले अगाडि लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्