समाचार

बंगलादेशबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारीमा छौं : प्रधानमन्त्री

१ भाद्र २०८०, शुक्रबार ०७:२४
बंगलादेशबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारीमा छौं : प्रधानमन्त्री

१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै वर्षदेखि नेपाल बंगलादेश विदयुत व्यापार सुरू हुने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले विदयुत व्यापार हुगरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको बताए।

उनले भने, ‘मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले वर्षात्को समयमा पनि व्यहोरिरहेको लोडसेडिङ्को कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए । लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो । त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्ने कुरा पनि गरेका थिए ।’

प्रधानमन्त्रीले  चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत् जोडिन सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको दावीगरे।  उनले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताए।

प्रतिक्रिया दिनुहोस्