समाचार

युवतीको हत्या आरोपमा चार जना पक्राउ

२६ मंसिर २०७८, आईतवार १५:३५
युवतीको हत्या आरोपमा चार जना पक्राउ

२६ मंसिर, काठमाडौं। अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।

परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। मंगलसेन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी हिजो मृत फेला परेकी थिइन्।

 मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको शवको आजै जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्