समाचार

सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

३२ श्रावण २०८०, बिहीबार ०१:३१
सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

३२ साउन, काठमाडौँ । बिहीबार संघीय संसदका विभिन्न तीनवटा विषयगत समितिका बैठक बस्दैछन् ।

संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

सचिवालयका अनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक साढे ११ बजे र सार्वजनिक लेखा समितिको बैठक भने १ बजेका लागि बोलाइएको छ ।

जसका कारण ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छन् । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले यसअघि बसेको लेखा समितिको बैठकमा सभापति चयन नभएसम्म आफू बैठकमा नआउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्