त्यस्तै बीआरआई कार्यान्वयनको योजनाका विषयमा छलफल हुने भन्दै प्रचण्डले चीनले एउटा परियोजना अनुदानमा अगाडि बढाइदेओस् भन्ने आफ्नो चाहना रहेको बताए ।
३१ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आगामी भदौ ३० गते अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ ।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए ।
त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।
उनी राष्ट्रसंघको महासभामा भाग लिने क्रममा ५ दिनसम्म अमेरिकामा रहनेछन्। राष्ट्रसंघको ७९ औँ महासभा आगामी सेप्टेम्बर १० तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ।
त्यहाँबाटै उनी नेपालको उत्तरी छिमेकी चीनको बेइजिङतर्फ लाग्ने भएका छन्। राष्ट्रसंघीय महासभामा भाग लिएपछि उनको टोली पूर्वनिर्धारित कार्यक्रमअनुसार सीधै चीन जाने छ।
असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका सार्वजनिक गरेका प्रचण्डले आफू असोज ६ र ७ गते त्यहाँ उच्च राजनीतिक भेटघाटमा जुट्ने बताएका छन्।
चीन भ्रमणका क्रममा क्रस बोर्डर ट्रान्समिसन विद्युत् लाइन निर्माणबारे सम्झौता गर्ने उनले बताए। प्रधानमन्त्रीका अनुसार उक्त लाइन केरुङ-रसुवागढी र संखुवासभाको किमाथांका नाका हुँदै निर्माण गरिने छ।
त्यस्तै बीआरआई कार्यान्वयनको योजनाका विषयमा छलफल हुने भन्दै प्रचण्डले चीनले एउटा परियोजना अनुदानमा अगाडि बढाइदेओस् भन्ने आफ्नो चाहना रहेको बताए ।