बलिउड

अक्षय कुमारले पाए भारतको नागरिकता

३० श्रावण २०८०, मंगलवार १६:१७
अक्षय कुमारले पाए भारतको नागरिकता

३० साउन, एजेन्सीअभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन् । यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए ।

भारतीय नागरिकताको प्रमाणपत्रको तस्बिर सार्वजनिक गर्दै उनले खुसी प्रकट गरेका छन् । उक्त तस्बिरसँगै अक्षय कुमारले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द।’

प्रतिक्रिया दिनुहोस्