३० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा घनश्याम भट्टराई नियुक्त भएका छन्।
शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको समितिको सिफारिसमा भट्टराईलाई अध्यक्ष नियुक्ति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक हुन् ।
उनी सत्तारुढ कांग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले जनायो । उनी प्राध्यापक संघ केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्वअध्यक्षसमेत हुन् ।
भट्टराई त्रिभुवन विश्वविद्यालयका कीर्तिपुरका पूर्वसभापतिसमेत हुन्।