खेलकुद

पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

३० श्रावण २०८०, मंगलवार १६:०२
पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

३० साउन, काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन्।

मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। जसमा पूर्व हप्तान खड्का पनि निर्वाचित भएका हुन्।

‘आज भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट मलाई जिल्ला कार्यसमिति सदस्य बनाई आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु,’ खड्काले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

प्रतिक्रिया दिनुहोस्