३० साउन, काठमाडौं । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ ।
निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्यप्रणाली कार्यविधिअनुसार निगमले आज मध्यरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।
यससँगै डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर काठमाडौँमा १६७ रुपैयाँ पुगेको छ । भारतले मूल्य सूची पठाउँदा प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको थियो ।