३० साउन, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।
उनले केही समयअघि राजीनामा दिएका थिए । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी पराजित भएका थिए ।
एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीबाट निष्कासन गरेको छ । सोही सचिवालय बैठकबाट उनलाई बिदा गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिरहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।
उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।
सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो। बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई भने पार्टीको केन्द्रीय सदस्य बनाएको छ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा हारेपछि स्थापित लगभग निस्क्रिय भएका थिए। स्थापितले के गर्ने भनेर सार्वजनिक गरेका त छैनन तर निकटस्थहरुलाई आफूले नयाँ केही गर्न लागेको बताउने गरेका छन्।