राजनीति

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

२६ मंसिर २०७८, आईतवार ०८:१२
दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध  निर्वाचित हुने भएका छन् ।

विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भएको छन्। प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी थिए ।

प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्