२९ साउन,काठमाडौं । सोमवार दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मंगलवारका लागि सरेको छ ।
‘बिजनेश’ नभएपछि गत बिहीवार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मंगलवार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ ।
विपक्षी दल नेकपा एमालेले सरकारले प्रदेश सभालाई बिजनेश दिन नसकेको जनाएको थियो । सोमवारको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले बताए ।