प्रदेश

पोखरा,सुर्खेतसहित ३ विमानस्थलमा उडान ठप्प

२८ श्रावण २०८०, आईतवार ०७:३२
पोखरा,सुर्खेतसहित ३ विमानस्थलमा उडान ठप्प

२८ साउन, काठमाडौं। यतिबेला देशभर वर्षा भइरहेको छ । मौसम खराबीका कारण राजमार्ग मात्र होइन विमानस्थलका उडान पनि प्रभावित अबरुद्ध भएका छन् ।

हवाई सेवा प्रभावित भएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य समस्यले नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा उडान बन्द भएको हो।

त्यस्तै, कालीकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिले सम्म जहाजको उडान नै हुन सकेको छैन। वर्षायाममा सडक अवरुद्ध भएको र बिरामी लिनका लागि सबैभन्दा भारी समस्य भएको सर्बसाधारणले बताएका छन्।

पोखरा र सुर्खेत विमानस्थलमा आज बिहानदेखि उडान बन्द भएका छन् । तुम्लिङटार विमानस्थलमा समेत आइतबारका लागि उडान रोकिएको बुझिएको छ । लगातार वर्षा भइरहेपनि काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्