समाचार

लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त

२८ श्रावण २०८०, आईतवार ०७:०१
लुम्बिनी  प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त

२८ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन ।

बुटवलमा आइतबार एक कार्यक्रमकाबीच उनलाई प्रदेश प्रमुखले जिम्मेवारी सुम्पेका छन् । नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्त गरेका हुन् । यसअघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा जन्मिएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत हुँदै  राजनीतिकमा सक्रिय थिए । ४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् । उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसँग पत्रकारिताको पनि अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्