२८ साउन, काठमाडौंं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
शर्माले समय लिएर नै ओलीसँग आज बालकोट पुगेर भेटेका हुन् । सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए ।
जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट जाने र आर्शिवाद लिने घोषणा गरेका थिए ।