अर्थ / वाणिज्य

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

२८ श्रावण २०८०, आईतवार ०५:३८
नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

२८ साउन,काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो ।  यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

यस्तै, समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्