समाचार

कहाँ-कहाँ छ बाढीपहिरोको जोखिम ?

२८ श्रावण २०८०, आईतवार ०५:३५
कहाँ-कहाँ छ बाढीपहिरोको जोखिम ?

२८ साउन,काठमाडौं । आज बिहानैदेखि देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कतै आंशिक त कतै भारी र केही स्थानमा त धेरै भारी वर्षा भइरहेको छ।

आज नारायणी, त्रिशूली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पश्चिम राप्ति नदीमा जल सतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ।

बबई नदीमा जल सतह सतर्कता तह नाघ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (ब. सु. पु), नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, पाल्पा आसपास भई बहने केहि स-साना नवीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्