खेलकुद

रोनाल्डोले जिते अल नासरबाट पहिलो उपाधि

२८ श्रावण २०८०, आईतवार ०२:३९
रोनाल्डोले जिते अल नासरबाट पहिलो उपाधि

२८ साउन,एजेन्सी। क्रिस्टियानो रोनाल्डोले चम्किएपछि साउदी क्लब अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ।

फाइनलमा १० खेलाडीमा समेटिए पनि अल हिलाल क्लबलाई अतिरिक्त समयमा २–१ ले हराउँदै अल नासर च्याम्पियन बनेको हो।रोनाल्डोले एक गोलले पछि परेको टिमलाई पूनरागमन जित दिलाउन दुई गोल गरे।

साउदीमा शनिबार राति भएको खेलको ५१औं मिनेटमा माइकलको गोलमार्फत अल हिलालले खेलमा अग्रता बनाएको थियो। यसपछि ७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटियो।

 तर अल नासरका लागि ७४औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए। यसपछि निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गयो। जहाँ ९८औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै अल नासरको उपाधि पक्का गरेका थिए।

प्रतिक्रिया दिनुहोस्