समाचार

मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक बाहिरिदै

२८ श्रावण २०८०, आईतवार ०२:२१
मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक बाहिरिदै

२८ साउन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो ।

केही दिन आरामका लागि चितवन पुग्नु भएका प्रधानमन्त्री दाहाल आज फर्किएपछि मन्त्रिपरिषद् पुन गठन गर्न लाग्नु भएको जनाइएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि पुन गठन गर्न लाग्नु भएको हो । पुन: गठनका लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन तयारी गरेका छन् ।

माओवादी स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी प्रधानमन्त्री दाहालले तयारी गर्नुभएको जनाईएको छ ।

जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिश गरिसकेको छ । जनमतले अनितादेवीलाई मन्त्री बनाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्