२६ साउन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री शुक्रबार साँझ चितवन आइपुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा रहनेछन् । प्रधानमन्त्री प्रचण्डको शुक्रबार साँझसम्म पारिवारिक भेटघाटबाहेक अन्य कार्यक्रम तय नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन आएका हुन् ।