समाचार

एमालेले आवेगमा संसद् अवरुद्ध गर्‍यो : महामन्त्री शर्मा

२६ श्रावण २०८०, शुक्रबार १५:१७
एमालेले आवेगमा संसद् अवरुद्ध गर्‍यो : महामन्त्री शर्मा

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।

 शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए । उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको जिकिर गरे ।

शुक्रवार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए।

‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौं। हीत र अहीतलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौं। साहित्यका मञ्चहरूमा धेरै विवेकहरू निषेधित नै हुन्छन्,’ उनले भने, ‘विवेकहरू केन्द्रमा हुन्छन्। राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने यो देशको संसद भोलि नै सुचारु हुन्छ।’

शर्माले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्