समाचार

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध

२६ श्रावण २०८०, शुक्रबार ०६:३५
एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ।

शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आसनबाट उठेका छन् । सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै एमालेले अवरोध गरेको हो।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्