२६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा जारी गतिरोधप्रति निरन्तर चासो व्यक्त गर्न थालेका छन् ।
संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शुक्रबार शीतलनिवासमा छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीवार भेट गरेपछि पौडेलले शुक्रवार सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा संसद्को गतिरोधमा चासो दिँदै भेट गरेका हुन् ।
गत साउन १० गतेदेखि प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ । छलफलका क्रममा पौडेल र तिमल्सिनाले सदन खुलाउन निरन्तर पहल भइरहेकाले छिट्टै निकास निस्कने विश्वास व्यक्त गरे ।