प्रदेश

पहिचान पक्षधरको जायज माग पूरा गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

२६ श्रावण २०८०, शुक्रबार ०६:१२
पहिचान पक्षधरको जायज माग पूरा गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

२६ साउन, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज माग पा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले शुक्रबार वक्तव्य जारी गर्दै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् । नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट छ ।’

प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरू लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्दछौँ ।’  साथै यसमा सहयोग गर्न सबै दल र आन्दोलनरत पक्षलाई समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्