२६ साउन, चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगीको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। चितवनका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा ५३२ जनाको परीक्षण गर्दा हालसम्म ५३ जनामा डेंगीको संक्रमण देखिएको छ। संक्रमितमध्ये चितवनका ३० जना, ठेगाना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेको चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए।