२६ साउन, कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधि खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन् ।
धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिएपछि उनको सोही औषधीका कारण मृत्यु हुन पुगेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताए ।
औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएओ हो ।
ती महिलाको मृत्यु भए पछि क्लिनिक सञ्चालक विनोद जोशी र उनकी पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।