राजनीति

कर्णाली प्रदेश सचिवमा प्रभावशाली नेता शैलेन्द्रको उम्मेदवारी

२५ मंसिर २०७८, शनिबार १६:०५
कर्णाली प्रदेश सचिवमा प्रभावशाली नेता शैलेन्द्रको उम्मेदवारी

२५ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचिवमा युवा तथा प्रभावशालि नेता लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र) उम्मेद्वारी दिएका छन् ।

प्रभावशालि नेता चौलागाईं माओवादी केन्द्रले जनयुद्धको अवस्था देखि बर्तमान स्थिति सम्मको बलिदान र अहोरात्र खटाइ देश र जनताको लागि परेका छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गर्ने सहिद, घाइते, बेपत्ता तथा राज्यद्वारा यातना पाएकाहरूलाई सहयोग र साथमा लिएर जानको लागि आफुले सचिवमा उम्मेद्वारी दिएको शैलेन्द्र बताए ।

शैलेन्द्र विगत ३ दशक यता माओवादी सक्रिय रहेका छन् । उनी कालिकोटको पार्टी इन्चार्ज समेत हुन् । उनले विगत ४ दशक यता कर्णालीका युवा र आशालाग्दा नेताको रुपमा पनि हेर्ने गरिन्छ । नेता चौलागाईं गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्