सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
२६ साउन, काठमाडौँ । सभामुख देवराज घिमिरेले पटक–पटक शीर्ष तीन दलका नेतासँग संसद् बैठक सुचारु गर्न आग्रह गरिरहेका छन्। तर, १० साउनदेखि प्रतिनिधिसा बैठक एमालेको अवरोधका कारण अझै खुलेको छैन।
बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।
सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।