राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

२६ श्रावण २०८०, शुक्रबार ०२:२६
कांग्रेस संसदीय दलको बैठक बस्दै

२६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद्को बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार (आज) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।  बैठकमा जारी संसद् अवरोध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै, संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्