मुख्य समाचार

कांग्रेसमा क–कसले दिए उमेदवारी (नामावलीसहित)

२५ मंसिर २०७८, शनिबार १५:२७
कांग्रेसमा क–कसले दिए उमेदवारी (नामावलीसहित)

२५ मंसि, काठमाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ ।

शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति ६, उपसभापति ७, महामन्त्री ६, सहमहामन्त्री २० सहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।

प्रमुख सत्तारुढ दल कांग्रेसको नयाँ नेतृत्वका लागि १३ पदाधिकारीमा ३९ नेताको उम्मेदवारी दर्ता भएको छ। सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् ।

२ महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्