समाचार

सीआईबीद्वारा सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी

२५ श्रावण २०८०, बिहीबार १२:४५
सीआईबीद्वारा सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी

२५ साउन, काठमाडौँ। नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको जानकारी सभामुख देवराज घिमिरेलाई दिइएको छ।

 पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ । उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले ७ वर्षसम्म कैद सजाय पाउन सक्छन् ।

उनलाई नक्कली प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको बताइएको छ। सांसद शर्मा पक्राउ परेको जानकारी सीआईबीले सभामुख घिमिरेलाई दिएको हो।

नेपालको संविधानको धारा १०३ ९६० मा कुनै सांसदलाई पक्राउ गरिएपछि त्यसको जानकारी तत्काल सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई दिनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार सभामुख घिमिरेलाई जानकारी पत्र पठाइएको हो।

गत प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्