राजनीति

एमालेद्वारा संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित

२४ श्रावण २०८०, बुधबार ०८:००
एमालेद्वारा संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित

२४ साउन,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्