समाचार

प्रहरीलाई प्रशासनको निर्देशन- रास्वपाका कार्यकर्ताले बोकेको वाकिटकीबारे छानबिन गर्नू

२४ श्रावण २०८०, बुधबार ०७:५६
प्रहरीलाई प्रशासनको निर्देशन- रास्वपाका कार्यकर्ताले बोकेको वाकिटकीबारे छानबिन गर्नू

२४ साउन,काठमाडौं।  नारायणगढ-मुग्लिन सडकको पहिरो खुलाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ।

मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो ।

उनीहरूले बोकेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलले जनाएका छन्। प्रजिअ पौडेलले बुधबार जारी गरेको सूचनामा ‘सञ्चारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चारसाधन स्वीकृत र दर्तावाला हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ जनाएको छ।

यससँगै जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचय विना स्वयंसेवकाका रूपमा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्