२४ साउन,काठमाडौं। सरकारले २० जना उपसचिव र १८ जना शाखा अधिकृतहरुको मंगलबार सरुवा गरेको छ।
निमित्तको भरमा चलिरहेका अधिकांश स्थानीय तहमा उपसचिवलाई पठाइएको हो । २० मध्ये १९ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको मन्त्रालयले जनाएको छ ।
उता ती स्थानीय तहमा निमित्तको भूमिकामा रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ। यो सरुवाले मधेश प्रदेशका सबै स्थानीय तहका दरबन्दीमा प्रशासकीय अधिकृतहरु पुगेको मन्त्रालयले जनाएको छ।