२३ साउन, काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलन गर्ने भएका छन् ।
उनीहरुले विधेयकमा समावेश गरिएका धेरै विषयमा उनीको असहमति रहेको कुरा मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आन्दोलनको समेत घोषणा गरेका हुन् । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।