एजेन्सी : फिजीका कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इनिया सेरुइरातुले आइतवार कोभिड-१९ ले टापु राष्ट्रको अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको भएता पनि देश अगाडि बढ्नुपर्नेमा विशेष जोड दिए ।
फिजी ब्रोडकास्टिङ कर्पोरेशन (एफबीसी) का अनुसार फिजीको तेस्रो ठूलो शहर नादीमा सेरुइरातुले फिजीको अन्तरराष्ट्रिय सिमाना खोल्दा जोखिम रहेको बताएको छ। सेरुइरातुले आउँदो जोखिम परास्त गर्नका लागि पूर्व तयारी गर्नु महत्त्वपूर्ण हुने बताए ।
सरकारले उपयुक्त वातावरण सृजना गर्न सक्दो प्रयास गरिरहेको जसबाट हामी अगाडि बढ्न सक्छौं र देशको उन्नतिका निम्ति तयार हुन सक्छौँ । पर्यटन उद्योग र व्यापार क्षेत्रले पर्यटक बढ्ने अपेक्षा राखेको भए पनि विशेष सतर्कता भने अपनाइरहेको भन्दै उनले सबैलाई महामारीबाट बच्न सतर्क रहन आग्रह गरेका छन्।
रिजर्भ बैंक अफ फिजी (आरबीएफ) का गभर्नर आरिफ अलीका अनुसार टापु राष्ट्रले कोभिड–१९ को प्रभावका कारण विगत दुई वर्षमा झण्डै ४ अर्ब फिजियन डलर (करिब १ अर्ब ९ करोड अमेरिकी डलर) विदेशी मुद्राको सञ्चिति गुमाएको छ । फिजीले हालैका दिनहरूमा पूर्ण खोप लगाएका यात्रुहरूका लागि आफ्नो अन्तरराष्ट्रिय सीमानाहरू पुनः खोलेको छ। रासस