समाचार

कांग्रेस सभापतिमा क–कसले दिए उमेदवारी ?

२५ मंसिर २०७८, शनिबार ११:३१
कांग्रेस सभापतिमा क–कसले दिए उमेदवारी ?

२५ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।

देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्